सर्लाहीबाट लागूऔषधसहित दुई युवक पक्राउ
टुडेपाटी-
सर्लाही, माघ १७ गते ।
सर्लाहीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका ६ का अशोक लामा छन् ।
दुबैजनालाई आइतबार राति प्रहरीले मलंगवा नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका ८ बाट चेकजाँको क्रममा पक्राउ गरेको हो ।
एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार उनीहरु लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
उनीहरुको साथबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो । दुबैजनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored