TodayPati

पर्सामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै

टुडेपाटी-
जनकपुरधाम, माघ १७ गते ।

पर्सामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ ।

६५ जनाको पीसीआर परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको वीरगञ्जस्थित नारायणी अस्पतालले जनाएको छ । 

Sponsored

अस्पतालले आज बिहान सार्वजनिक गरेको रिर्पोट अनुसार २६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा १७ जना पुरुष र ९ जना महिला छन्। जसमा १९ जना पर्सा जिल्लाका मात्रै रहेका अस्पताल प्रशासनले जनाएको छ । 

बाराका ५, रौतहट, सर्लाही र धनुषाका पनि एकएक जनामा कोभिड संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदय नारायणी सिंहले जानकारी दिए ।

Sponsored

भारतसँगको खुला सीमाको कारण पर्सासहित तराईका जिल्लामा पछिल्लो समय कोरोना संक्रमण तीव्र बनेको छ। धेरै संक्रमितले अहिले पनि परीक्षण गरेका छैनन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *