महोत्तरीमा विद्यार्थीका लागि ७४ हजार डोज मोडर्ना खोप आइपुग्यो
टुडेपाटी-
महोत्तरी, माघ १७ गते ।
महोत्तरीका १२।१७ वर्ष उमेरका विद्यार्थीको लागि कोरोना विद्धको ७४ हजार डोज मोडर्ना खोप आइ पुगेकाो छ । १५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका लागि आइतबार ७४ हजार ४ सय २१ मोडर्ना खोप जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी आइपुगेको हो ।
खोप संख्या जिल्लाका विद्यार्थीलाई पर्याप्त भए पनि अभियान अन्योलमा परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य प्रमुख भोला यादवले बताए। स्वास्थ्य कार्यालय महोत्तरीका लक्ष्मेश्वर झाका अनुसार खोप र स्वास्थ्य परिचालन गर्ने सम्बन्धमा जिल्लामा अहिलेसम्म तयारी भएको छैन ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसमेत कोरोना पोजिटिभका कारण आइसोलेसनमा रहेकाले खोपका सम्बन्धमा तुरुन्त निर्णय लिन नसकिएको झाको भनाइ छ । ञनिमित्त प्रमुख जिल्ला अधिकारीसँग बैठक बसेर खोप अभियानको कार्यतालिका बनाउने छौं,झ स्वास्थ्य कार्यालय प्रमुख यादवले भने ।
स्वास्थ्य कार्यालयले बुस्टर डोजको समेत तयारी गरेको छ । सोमबारदेखि २१ माघसम्म बुस्टर डोजको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
Sponsored
बुस्टर डोज लगाउन पहिलो र दोस्रो खोप लगाएकाले ६ महिना कटेको हुनुपर्नेछ भने खोपका लागप वृद्ध, संचारकर्मी, स्वास्थ्यकर्मी तथा फ्रण्टलाइनमा खटिने जुनसुकै उमेर समूहकाले खोप लगाउन सक्नेछन् ।