महोत्तरीमा कोरोना भाइरसलाई लिएर व्यापक सतर्कता, भारतीय सिमाका ११ स्थानमा हेल्थ डेस्क
टुडेपाटी समाचारदाता-
महोत्तरी, माघ २१ गते ।
रोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्लाका भारतीय सीमा नाका ११ स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ।
ती सीमा नाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए/नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लाका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीसहितका स्थानमा डेस्क सञ्चालनमा ल्याइएको वरिष्ठ स्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय ती स्थानमा डेस्क स्थापना गरेको उनले बताए।
डेस्कमा उपकरणसहित दुई–दुई जना स्वास्थ्यकर्मी खटाइएको छ। नाका हुँदै नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गरिन थालिएको छ। आवश्यकता अनुसार जनशक्ति थप्ने र अनुगमनको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी र्दिए।
Sponsored