TodayPati

मधेश प्रदेश : कोरोना संक्रमणबाट थप दुई संक्रमितको मृत्यु

टुडेपाटी–
वीरगन्ज , माघ १५ गते ।

कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारत दुईजना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ की ६५ वर्षिया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।

Sponsored

स्वास्थ्यमा समस्या देखिएपछि महिला शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिड विरुद्धको खोपको दुवै डोज लगाएकी थिइन्।

यस्तै नारायणी अस्पतालमै उपचारत वीरगन्ज महानगरपालिका–३ का ७३ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान मृत्यु भएको छ।

अस्पतालको आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए । ती पुरुषले पनि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए।

Sponsored

योसँगै कोरोनाको तेश्रो लहरमा वीरगन्जमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६ पुगेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *