TodayPati

सडक डिभिजन जनकपुरमा सुपरभाइजरको नक्कली नियुक्ति दिएर ठगी, राईन पक्राउ

टुडेपाटी-
जनकपुरधाम, माघ १४
गते ।

सडक डिभिजन कार्यालय जनकपुरमा तीनजनालाई नक्कली नियुक्ति दिएर ठगी गरेको आरोपमा जनकपुरबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका १ बस्ने २५ वर्षीय शहादत राईन छन् । राईनले स्थानीय १९ वर्षीय बबलु पासमान, वष २० का पारस कुमार पासवान र दिपेश कुमार पासवनलाई सडक डिभिजन कार्यालय जनकपुरमा सुपरभाइजर पदमा जागिर दिएको भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

Sponsored

प्रहरीका अनुसार राईनले सडक डिभिजन कार्यालयको लेटरप्याड, सरकारी छाप किर्ते गरी उनीहरुलाई सुपरभाईजर पदको नियुक्ती पत्र, मासिक तलब र सो पद सम्बन्धि उम्मेदवारको समझौता पत्र दिएर ठगी गरेका हुन् ।

सडक डिभिजन कार्यालयमा सुपरभाइजर पदकाबे जागिर दिएको बापत तीनैजनाबाट जनही राईनले २ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तीनैजनाले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय धनुषामा राईनमाथि किर्ते,ठगी शीर्षकमा उजुरी दिएका थिए । सोको आधारमा प्रहरीले खोजतलासको क्रममा राईनलाई बुधबार जनकपुरधामको कदमचोकबाट पक्राउ गरेको हो ।

Sponsored

उनले आफूले किर्ते गरेको समेत स्वीकार गरिसकेकाले बुधबार नै जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा १० दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *