देश समृद्ध बनाउन गुणस्तरीय शिक्षा र स्वास्थ्य अपरिहार्य : अध्यक्ष यादव
टुडेपाटी
जनकपुरधाम, माघ १३ गते ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देश समृद्ध बनाउनका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य अपरिहार्य रहेको बताएका छन् ।
अध्यक्ष यादवले लक्ष्मिनीया गाउँपालिका स्थित निर्माण भएको एकसय बेडको सेन्ट्रल अस्पतालको उद्घाटन गर्दै यस क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारका लागि अस्पतालको योगदान रह्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष यादवले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहकारी र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकाले तीनै तहको सरकारले सहकारी र निजी क्षेत्र सँग सहकार्य गरी अगाडी बढ्नु पर्ने आवश्यक्तामा जोड दिए ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका यादवले उपचारको अभावमा कसैको मृत्यु हुन नपरोस भन्ने उदेश्यका साथ आफूले नयाँ स्वास्थ्य नीति ल्याएको चर्चा गर्दै सोही नीति अनुसार प्रत्येक पालिकामा अस्पतालहरु निमार्ण हुन लागेकोमा खुशी व्यक्त गरे ।
अध्यक्ष यादवले विगतमा आफुले सोही स्वास्थ्य नीति अनुरुप नेपालमा स्वास्थ्य विमा कार्यक्रम लागु गरिएको बताउदैै स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार सँग आग्रह गरे ।
Sponsored
सेन्ट्रल अस्पताल संचालक समितीका अध्यक्ष विजय कुमार झाको अध्यक्षतामा भएको सो कार्यक्रममा लक्ष्मिनियाँ गाँउपालिकाका अध्यक्ष बिन्देश्वर यादव सहितका वक्ताले यस क्षेत्रमा अस्पताल नभएको बेलामा सेन्ट्रल अस्पताल संचालनमा आएपछि पाँच पालिकाका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।