TodayPati

सर्लाहीमा उखु बोकेको ट्रयाक्टरमा रात्री बस ठोक्कियो, २४ जना घाइते

टुडेपाटी-
जनकपुरधाम, माघ १४ गते ।

सर्लाहीमा उखु बोकेको ट्रयाक्टरमा रात्री बस ठोक्किँदा २४ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गएराति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस हरिवन ९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको उखु लोड गरेको ज २ त ७८१ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा दुर्घटना भएको सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

Sponsored

उनका अनुसार पश्चिमबाट उखु लिएर हरिवनस्थित इन्दु शंकर चिनी उद्योगतर्फ जाँदै गरेको ट्रयाक्टर बिग्रिएपछि बनाउन सडक छेउमा रोकेर राखेको बेला दुर्घटना भएको हो ।

चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रशरीको अनुमान छ ।

घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर छ र उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ।

Sponsored

अन्य घाइतेको हरिवनमा रहेको नमूना, स्वाभिमान लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रयाक्टर चालक भने फरार छन्। घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ र

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *