जनकपुरधाममा डाक्टरमाथि आक्रमण, मुखमा ८ वटा टाका लाग्यो
टुडेपाटी–
जनकपुरधाम, माघ १२ गते ।
जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाममा चिकित्सकमाथि आक्रमण गरेका छन् ।
जनकपुरधामको पीडारी चोकमा जलेश्वर अस्पतालका मेसु डा.सतिस साह माथि जनमतका कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।
आक्रमणमा परि घाइते भएका मेसु साहको मुखमा ८ वटा टका लागेको छ ।
मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमा आक्रमण भएको हो ।
Sponsored