जनकपुरधाममा प्रदेश सांसदको गाडीमा पनि जनमतका कार्यकर्ताद्वारा तोडफोड
टुडेपाटी–
जनकपुरधाम, माघ १२ गते ।
राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदको गाडीमा पनि तोडफोड भएको छ ।
जनमत पार्टीका कार्यकर्ताहरुले मतदान गर्न आउँदै गरेका जसपा मधेश प्रदेशका सांसद अशोक यादवको गाडीमा तोडफोड गरेका छन् । जानकी मन्दिर अगाडि उनको तोडफोड भएको हो ।
सांसद यादव समान्य घाइते भएका छन् । उनी प्रदेशसभाका अर्थ समितिका सभापति हुन् ।
यस अघि रामचौकमा जनमतका कार्यकर्ताहरुले सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा तोडफोड गरेका थिए ।
मधेस प्रदेशमा दुई राष्ट्रियसभा सदस्य पदका लागि मतदान हुँदैछ ।
Sponsored