जनकपुरको मोनाष्टिक स्कुलले जित्यो इन्टरनेशनल स्कुल अवार्ड
टुडेपाटी-
जनकपुरधाम, माघ १२ गते ।
जनकपुरधाममा सञ्चालित मोनाष्टिक आवासीय माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलद्वारा इन्टरनेशल स्कुल अवार्ड हात पार्न सफल भएको छ।
कनेक्टिङ क्लास रूम परियोजनाअन्तर्गत विगत एक दशकदेखि यो अवार्ड प्रदान गर्दै आएको छ।
विद्यालयका मेनेजिङ डायरेक्टर डा.सोनु कुमारले सबै स्टाफको मेहेनतले गर्दा अर्वाड हात पार्न सफल भएको बताए ।
‘अवार्ड छनोटका लागि गर्नु पर्ने विभिन्न प्रोजेक्टमा सबै शिक्षक स्टाफले अटुट मेहेनत गर्नु भएको छ ।’ उनले भने ।
अन्तर्राष्ट्रिय स्तरको सिकाइ आत्मसात् गरी विद्यार्थी तथा शिक्षकलाई आधुनिक शिक्षण सिकाइ प्रक्रियामा सामेल गराई सीप विकासमा महत्त्वपूर्ण भूमिका खेलेको कारण विद्यालयले अवार्ड पाएको उनको भनाइ छ ।
ब्रिटिस काउन्सिल, शिक्षा विभाग र पाठयक्रम विकास केन्द्रका प्रतिनिधिको समूहले अवार्डमा सहभागी स्कुलहरुले पेश गरेको अभिलेख, विवरणको मुल्याङ्कन गरी बालबालिकाको सिकाइ उपलब्धी अनुगमन गरी प्राप्त उपलब्धिका आधारमा अवार्ड प्रदान गरेको उनले बताए ।
Sponsored