जनकपुरधाममा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप
टुडेपाटी–
जनकपुरधाम, माघ १२ गते ।
नकपुरधाममा राष्ट्रियसभा मतदान स्थल अगाडि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
आज देशभर भइरहेको राष्ट्रियसभा निर्वाचनको लागि मधेश प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानमा मतदान भइरहेको छ ।
भित्र जनमतका कार्यकर्ता भाटासहित मतदानस्थल भित्र प्रवेश गर्न खोज्दा झडप भएको छ ।
सो क्रममा ६ सेल अश्रुग्या प्रहरीले प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले जानकारी दिए ।
सिके राउत नेतृत्वको जनमत पार्टीले बिहानैदेखि मतदान स्थल अगाडी पहिले किसानलाई मल देउ, र त्यसपछि मतदान गर भन्दै प्रदेर्शन गरिरहेका छन् ।
अहिले पनि मतदान स्थल परवपरको अवस्था जनमत पार्टीको प्रदर्शनले तनावग्रस्त बनेको छ ।
Sponsored
त्यहाँको सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ । बाक्लो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।