TodayPati

मधेश प्रदेश : बालिकालाई पटक–पटक बलात्‍कार गरेको आरोपमा युवक पक्राउ

टुडेपाटी–
पर्सा, माघ ११ गते ।

प्रहरीले १५ वर्षीष बालिकालाई पटक–पटक बलात्‍कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानरगरपालिकाका २० वर्षीय युवक भनु यादव भन्ने मुन्नाप्रसाद यालवलाई पक्राउ गरेको छ । यादवले डरत्रास देखाई पीडित बालिकालाई पटक–पटक बलात्कार गरेको आरोप छ ।

Sponsored

पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा मुन्नालाई सोमबार पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *