राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा भोली सार्वजनिक हुने
टुडेपाटी–
काठमाडौं, माघ ११ गते ।
तथ्यांक विभागले हालै सम्पन्न गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने भएको छ ।
राष्ट्रिय योजना आयोगमातहतको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ ।
जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।
नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा माघ १२ गते (भोली) बुधबार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
विभागले जनगणनाका लागि गणक तथा सुपरिवेक्षक नियुक्त गरेर तथ्यांक संकलन गरेका थिए ।
Sponsored
विभिन्न स्थानमा गणकहरुले सहि तथ्यांक नलेखेको भन्दै विरोध समेत भएको थियो ।