भारु १० लाख रुपैयाँसहित महोत्तरीबाट एक भारतीय नागरिक पक्राउ
टुडेपाटी-
महोत्तरी, माघ ७ गते ।
महोत्तरीबाट १० लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला सुरसण्ड ६ बस्ने ३९ वर्षीय उदय कुमार साह रहेका छन् ।
भरतबाट नेपाल प्रवेश गरेका उनी शुक्रबार बिहान १० बजे भिठामोडबाट पक्राउ परेका छन् ।
प्रहरी चौकी भिठामोडबाट खटिएको प्रहरी चेक पोष्टका प्रहरी टोलिले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनले कालो रंगको झोलामा लुकाएर नेपाल भित्र्याएको रकम र चेक प्रहरीले बरामद गरेको हो ।
Sponsored
उनको झोलाबाट भारतीय ९ लाख ९७ हजार ९५० रुपैयाँ र ९ लाख ६० हजारको एचडी एफसी बैंकको चारवटा चेक बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
उनलाई बरामद रकम र चेकसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।