TodayPati

कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु

टुडेपाटी–
वीरगञ्ज, माघ ७ गते ।

कोरोना संक्रमणबाट पर्सामा एकजनाको मृत्यु भएको छ ।

पर्साको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत बाराको महागढीमाई नगरपालिका वडा नं. ६ का ५० वर्षिय पुरुषको मृत्यु भएको हो ।

Sponsored

बिहीबार राति संक्रमितको मृत्यु भएको नारायणी अस्पतालका कोभिड सँयोजक डा. उदय नारायण सिँहले जानकारी दिए ।

मृत्यु भएका संक्रमितलाई राति साढे ८ बजे निजी अस्पतालले रिफर गरी नारायणी अस्पताल पठाएको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *