मधेश प्रदेश : स्रोत नखुलेको करिब १० लाख रकम सहित दुईजना पक्राउ
टुडेपाटी–
सप्तरी, माघ ७ गते ।
प्रहरीले स्रोत नखुलेको करिब १० लाख रकम सहित सप्तरीबाट दुईजनालाई पक्राउ गरेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का २४ वर्षीय दिलिप कुमार मण्डललाई ९ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
राजविराज–५ स्थित प्रदेश नं. २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा स्रोत नखुलेको रकम सहित दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
रकम र मोटरसाइकलसहित दुवैजनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।
Sponsored