TodayPati

महोत्तरीबाट नक्कली नोटसहित जनकपुरका दुई युवक फन्दामा

टुडेपाटी-
महोत्तरी, माघ ४ गते ।

महोत्तरीबाट नक्कली नोटसहित युवक पक्राउ परेका छन् ।

धनुषाको लक्ष्मिनिया गाउँपालिका १ बस्ने २३ वर्षीय असरफ मोहम्द र जनकपुरधाम उप महानगरपालिका ६ बस्ने वर्ष २६ का जाहिद रेजा पक्राउ परेका हुन् ।

Sponsored

सोमबार दुबैजनालाई महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा स्थित भिठ्ठामोड जलेश्वर सडक खण्डबाट पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ आउदै गरेको बा.२१ च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्की भित्र रहेको कालो व्याग भित्र बाहिरी पट्टी नेपाली रु. १००० (एक हजार) दरको नोट र पछाडी पट्टी नेपाली रु.१००० (एक हजारको नोट, एक हजार नोटको साईजको कटिङग गरेको ५ व्याण्डल पेपर ४५६ थान, ५ सयको दरको नोट लगायतको नक्कली नोट र कागजात अत्यधिक मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुबैजनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *