TodayPati

‘मधेश प्रदेश’ नामाकरण गर्न सफल भएकोमा मुख्यमन्त्री राउत खुसीले गदगद

रासस-
जनकपुरधाम, माघ ४ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेस कायम भएकोमा खुसी व्यक्त गरेका छन्। उनले मधेस प्रदेश कायम भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको बताए।

प्रदेशसभाको सोमबारको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्गयाएपछि मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको बताएका हुन्।

Sponsored

‘मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ। मधेस आन्दोलनको भावना र मधेसी जनताको चाहनाअनुरूप मधेस प्रदेश कायम भएको छ, यो हामी सबैको लागि गौरवको विषय हो,’ उनले भने।

यसबाट शहीदहरुको सम्मान भएको उनले बताए। मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँँदै उनले यसबाट उत्पीडित वर्ग, समुदायको मुक्तिका लागि अघि बढ्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे।

मधेस प्रदेश स्थापनाका लागि सहयोग पुर्‍याउने सबै प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी लगायतलाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री राउतले सम्पूर्ण प्रदेशबासी, देशबासीमा बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन्।

Sponsored

प्रदेश सरकार गठन भएको चार वर्षपछि सोमबार नाम मधेस र राजधानी जनकपुरधाम प्रदेशसभाबाट पारित भएको थियो। रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *