TodayPati

सर्लाहीमा चलाइरहेको ट्याक्टरबाट खसेर चालकको ज्यान गयो

टुडेपाटी-
सर्लाही, माघ ३ गते ।

सर्लाहीमा ट्याक्टरबाट खसेर चालकको ज्यान गएको छ ।

चलाइरहेकै बेला अचानक खसेर चालक रौतहटको वृन्दावन नगरपालिका–७ धमौराका १८ वर्षीय आशिर मन्सुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

सर्लाहीको गोडैता नगरपालिका–४ रोहवामा आइतबार राति ११ बजे गुडिरहेको ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट उचालक मन्सुर लडेर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *