समाजसेवी कृषि सहकारीको साधारणसभा सम्पन्न, रचनात्मक कार्यमा जोड दिन मन्त्री महतोको आग्रह
टुडेपाटी-
धनुषा, पुस २४ गते ।
धनुषाको बटेश्वर गाउँपालिका ४ स्थित रहेको समाज सेवी कृषि सहकारी संस्था लिमिटेडको चाधौं साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राममणि कुशहवाहको अध्यक्षता तथा प्रदेश २ को उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री सत्रुधन महतोको प्रमुख अतिथ्यमा भएको साधारण सभामा विशिष्ट अतिथिको रुपमा प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव रामकुमार महतो रहेका थिए ।
साघारणसभालाई उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री महतोले सहकारीले महिलाहरुलाई बचत गर्न तथा एकजुट भइ सशक्त हुन महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले सहकारी बचत र ऋण लगानीमा मात्र सिमीत नभइ समाज सेवा, शिक्षामा जोड लगायतको रच्नात्मक काममा लाग्न समेत आग्रह गरे ।
Sponsored
यस्तै कार्यक्रमका विशिष्ट अतिथि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले सहकारी संस्थाहरुलाई पूर्ण रुपमा पारदर्शि काम गर्नुपर्नेमा जोड दिए । कर्जा, ऋण, बचत जस्ता विषयमा सम्पूर्ण सदस्यहरुलाई जानकारी, सीपमूलक तालिम, स्वरोजगार तथा कृषिकलाई फाइदा पुग्ने लक्षित कार्यक्रमहरु सहकारीलाई गर्नु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा पत्रकार शैलेन्द्र क्रान्ति, दिपेन्द्र सिंह, एकीकृत समाजवादी पार्टीका स्थानीय नेता शिवनाथ महतो, नेपाली काँग्रेसका वडा नं. ४ का सभापति धिरज कार्की, वडा नं. ३ की उपसभापति लाता लामा लगायतले साधारणसभा सफलताको शुभकामना दिएका थिए ।
साधारणसभामा संस्थाको आय व्यय ३ करोड ९६ लाख रुपैयाँ संस्थाका व्यवस्थापक अमित कुमार महतोले प्रस्तुत गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका संचालक समिति सचिव रामबाबु महतोले राखेका थिए भने संचालन विजय दासले गरेका थिए । संस्थामा हाल १४ सय साधारण शेयर सदस्यहरु रहेको संस्थाका अध्यक्ष कुशवाहाले जानकारी दिए ।
साधारणसभाको अवसरमा साधारण शेयर सदस्यहरुलाई एक एक वटा कठौत वितरण गरिएको छ ।