प्रदेश २ मा बढ्दै कोरोना ग्राफ, खोप लगाउने दर बढ्न सकेन
रासस-
जनकपुरधाम, पुस २४ गते ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढे्सँगै त्यसको असर प्रदेश २ का जिल्लाहरुमा पनि देखिन थालेको छ ।
गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना संक्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको छ ।
प्रदेश २ को बिभिन्न जिल्लामा पछिल्लो दुई दिनको अबधीमा ९९ जनाको गरिएको स्वाव परिक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ । गत बिहीवावर ६८ जनाको स्वाव परिक्षण गर्दा ९ जनामा र शुक्रवार ३१ जनाको स्वाव परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो पटक दुई दिनमा धनुषामा ५ जना, सिरहा र महोत्तरीमा ४-४ जना, सप्तरी, सर्लाही र पर्सामा १-१ जना गरी १६ मा कोरोना पोजेटिभ रिपोर्ट आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिजय झाले जानकारी दिनुभयो ।
यो सँगै प्रदेश २ भरी सक्रिय संक्रमितको संख्या ७७ पुगेको छ । संक्रमितहरु सबै होम आईसोलेसन रहेका छन् । ‘‘मङ्सिरको अन्तिम सातासम्म कोरोना संक्रमण दर स्थिर थियो”, निर्देशक झाले भन्नुभयो,‘‘ तर पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, यो खतराको संकेत हो ।” अब पनि हेलचक्राई गरिए स्थिति बिग्रिन सक्ने उहाँको भनाई थियो ।
Sponsored
कोरोना संक्रमणको ग्राफ बढ्दै गएपनि प्रदेश २ मा कोभिड १९ बिरुद्धको खोप लगाउनेको संख्या भने निराशाजनक देखिएको छ ।
सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड १९ बिरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा पुसको अन्तिम साता बित्नै लाग्दाँ प्रदेश २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशक झाका अनुसार पुस महिना बित्नै लाग्दाँ प्रदेश २ मा पुर्ण डोज लगाउनेको संख्या ३८ प्रतिशत मात्र छन् भने एक डोज मात्र लगाउनेको संख्या करिब ५० प्रतिशत छ ।
सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८ प्रतिशत, सिरहामा ३७ प्रतिशत, रौतहटमा ३५ प्रतिशत र महोत्तरीमा ३२ प्रतिशतले मात्र पुर्ण डोज खोप लगाएको निर्देशक झाले जानकारी दिनुभयो ।
यस्तै एक मात्र डोज खोप लगाउने संख्या सर्लाहीमा ६८ प्रतिशत, बारामा ६४ प्रतिशत, सिरहा र महोत्तरीमा ६२ प्रतिशत, धनुषामा ५४ प्रतिशत, पर्सामा ५१ प्रतिशत, सप्तरीमा ५० प्रतिशत र रौतहटमा ३९ प्रतिशत छ ।
पुस महनिाभित्र ६६ प्रतिशतलाई खोप लगाईसक्ने सरकारको लक्ष्य पुरा गर्न दैनिक १ लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले प्रदेश २ मा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाईरहेको निर्देशक झाले गुनासो गर्नुभयो ।
‘‘यसरी यही गतिमा खोप अघि बढ्े रहे कोरोनाको तेश्रो लहर आउँदा सम्म ५० प्रतिशतलाई पनि खोप लगाउन सक्ने अवस्था छैन्”, निर्देशक झाले भन्नुभयो,‘‘ त्यही भएर हामीले खोप लगाउने कार्यलाई गति दिनुस् भनेर जिल्ला स्वास्थ्य प्रमुखहरुलाई भन्यौ, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई भन्यौ, तर जुन ढंगबाट गति लिनुपर्ने थियो त्यो हुन सकेको छैन् ।”
स्थानीय तहका जनप्रतिनिधिहरुले जसरी गम्भीरता पुर्वक लिनुपर्ने थियो त्यो नलिएका कारण खोप लगाउनेको संख्या नबढ्ेको निर्देशक झाको कथन छ ।
यसअघिका कोरोना कहरमा अन्य प्रदेशमा जस्तै प्रदेश २ ले पनि ठुलै धनजनको क्षति भएको छ । कोरोना कहर शुरु भएयता हालसम्म प्रदेश २ मा १ हजार ४० जनाले ज्यान गुमाईसकेका छन् । हालसम्म प्रदेश २ मा २ लाख २३ हजार २१३ जनाको स्वाव सङ्कलन गरी परिक्षण गर्दा ३८ हजार ६७९ जना संक्रमित भएका छन् । त्यसमध्ये ३७ हजार ५६९ जना डिस्चार्ज भईसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
छिमेकी मुलुक भारतमा तेश्रो लहरको कोरोना संक्रमण तिब्र गतिमा फैलिरहदाँ माघको दोश्रो साताबाट नेपालमा पनि तेश्रो लहर फैलिन सक्ने बिज्ञहरु चेताबनी दिईरहेका छन् । त्यसैले सम्भाबित तेश्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार जुटेको छ ।
कोरोनाको जोखिम कम गर्न खोपलाई प्राथमकिता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सर्तकता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढ्ेको प्रदेश २ का सामाजिक विकासमन्त्री नवककिशोर साहले बताउनुभयो ।
‘‘खोप लगाउनेको संख्या निराशाजनक देखिएको छ”, मन्त्री साहले भन्नुभयो,‘‘ त्यही भएर जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरु तत्काल खोप लगाउने कार्यलाई गति दिनुस् भने निर्देशन दिएका छौं ।” केही दिनअघि मात्र मुख्यमन्त्रीको उपस्थितिमा बसेको प्रदेश सरकारका मन्त्रीहरु, ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, जिल्ला स्वास्थ्य प्रमुखहरुको बैठकमा पनि तत्काल खोप लगाउने कामलाई अघि बढाउने निर्णय समेत भएको मन्त्री साहको भनाई थियो ।
यसबाहेक कोरोनाको तेश्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी ८ वटै जिल्लामा स्वास्थ्य सर्तकता बढाएको बताएको छ । प्रदेश २ का जिल्लाहरु भारतीय सिमासँगै जोडिएकाले सिमानाकाहरुमा हेल्थ डेक्स स्थापना गरी एन्टीजेन बिधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाईएको मन्त्री साहले बताउनुभयो ।
‘‘प्रदेशभरीका सबै अस्पतालहरुलाई औषधसहित अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं”, मन्त्री साहले भन्नुभयो,‘‘ सम्भाबित तेश्रो लहर आउन नदिन अपनाउनुपर्ने सर्तकर्ता बारे प्रमुख जिल्ला अधिकारीहरु र स्थानीय तहका जनप्रनितिहरुसँग नियमित समन्वय भईरहेको छ ।” यसबाहेक कोरोना संक्रमण रोकथाम बारे बिभिन्न माध्यमहरुबाट प्रचार प्रसार समेत गर्दै आएको मन्त्री साहको कथन छ ।
पहिलो र दोश्रो लहरको संक्रमणका बेला प्रदेश २ मा देखिएको बेड र अक्सिजनको समस्या अब हुन नदिने तयारी भएको प्रदेश सरकारको भनाई छ ।
‘‘प्रदेश २ का ८ वटा जिल्ला मध्ये ५ वटा जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान भईसको छ”, मन्त्री साहले भन्नुभयो,‘‘ बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया अघि बढ्ेको छ, त्यहाँ पनि छिट्टै जडान हुन्छ ।” त्यसैले अब प्रदेशमा अक्सिजनको समस्या हुँदैन्, उहाँको विश्वास छ ।
प्रदेश २ का १५ वटा अस्पतालमा ३४६ वटा आईसोलेसन बेड, १९२ वटा एडियू बेड, ९१ वटा आईसियू बेड, ६३ वटा भेन्टिलेटर छन् भने १ हजार ९६५ वटा अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । यस्तै प्रदेश २ भरी १२ वटा पिसिआर परिक्षण मेसिनबाट कोभिड १९ जाँच हुँदै आएको जनाएको छ ।
भारतीय सिमानाकाबाट संक्रमितलाई नेपाल प्रबेश गर्न नदिन प्रदेश २ का बिभिन्न जिल्लास्थित सिमानाकाहरुमा हेल्थ डेक्स स्थापना भएको छ ।
महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको बिरगञ्ज, रौतहटको गौर, सिरहाको माड्र र औरहीस्थित नाकाहरुमा हेल्थ डेक्स स्थापना गरी भारतबाट आउनेहरुको स्वास्थ्य परिक्षण शुरु गरिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयको भनाई छ ।
प्रदेश सरकार विगतको भन्दा अहिले कोरोना संक्रमण रोकथामका लागि बढी सक्रिय देखिएकाले अघिल्लो कोरोनाकालको जस्तो सम्भाबित तेश्रो लहरमा पीडा भोग्नु पर्ने प्रदेशबासीहरुको विश्वास छ ।
‘‘ अघिल्लो दुई कोरोनाकालमा प्रदेश सरकार र स्थानीय सरकारहरु जति सक्रिय हुनुपर्ने थियो त्यति नभएकाले प्रदेश २ कोरोनाको हटस्पर्ट बन्यो”, जनकपुरधाम नगरपालिका १७ का समिर महतोले भन्नुभयो,‘‘ त्यसैले सम्भाबित जोखिमलाई ध्यानमा राखेर सरकारले तयारी गर्नु आवश्यक छ ।” पहिलादेखि नै सर्बसाधारणहरु समेत सचेत भईसकेकाले पनि खासै ठुलो क्षति नहुने उहाँको भनाई छ । यद्यपी स्वास्थ्य मापदण्डको पालना गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।