जनकपुरको मोनाष्टिक विद्यालयको ३६ औं वार्षिकोत्सव सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, पुस १४ गते ।
जनकपुरका चर्चित मोनाष्टिक विद्यालयको ३६ औं वार्षिकोत्सव भब्यताका साथ सम्पन्न भएको छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका प्रसिद्ध मोनाष्टिक विद्यालयकी माता विना देवीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत रहेका थिए भने विशेष अतिथि प्रदेश सभा सदस्य रामअशिष यादव रहेका थिए ।
विद्यालय प्राङ्गणमा बुधबार एक कार्यक्रमकोबीच दीप प्रज्वलन गर्दै केक काटेर वार्षिकोत्सब मनाएका हुन् ।
विद्यालयका व्यवस्थापक डा. सोनु कुमार साहले स्वागत मन्तव्यका साथै शिक्षक तथा कर्मचारीहरुले विद्यालयप्रति दिएको योगदनको प्रशंसा गरे ।
विद्यालयमा १५ वर्षभन्दा माथि अनवरत सेवा गर्ने शिक्षक तथा कर्मचारीहरुलाई मुख्यमन्त्री राउतले प्रशंसा प्रमाणपत्र र मोनाष्टिक माध्यमिक विद्यालय, अन्नपूर्ण मावि तथा मोनाष्टिक कलेजका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राउत र प्रदेशसभा सदस्य यादवले विद्यालयको प्रशंसा गर्दै आगामी दिनमा उज्जवल भविष्यको कामना गरेका हुन् ।
कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापक डा.सोनु कुमार साहले सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रबन्धक निर्देशक डा. सोनुकुमार साह, प्राध्यापक, शिक्षक/शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
Sponsored