TodayPati

इजरायली राजदूतद्वारा जानकी मेडिकल कलेजमा अस्पतालको भवन अनावरण

टुडेपाटी–
जनकपुरधाम ।

नेपालका लागि इजरायली राजदूत हनन गोर्डर गोल्डबर्गरले नेपाल र इजरायलबीचको सम्बन्ध सुदृढ रहेको बताएका छन् । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा सम्पन्न भएउको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–इजरायलबीचको सम्बन्ध आपसी हित र सहकार्यमा केन्द्रित रहेको बताए ।

अभिमुखिकरण कार्यक्रममा इजरायली राजदूत हननले जानकी मेडिलक कलेज र इजरायलका विश्वविद्यालयका विद्यार्थीबीच कृषि, स्वास्थ्य, प्रविधि सम्बन्धी ज्ञान आदानप्रदान गर्ने वातावारण मिलाएको बताए । उनले दुई देशका विद्यार्थी नेपालका विद्यार्थीलाई इजरायल लैजान र इजरायलका विद्यार्थीलाई यहाँ ल्याउने वातावरण मिलाउन सहयोग पुग्ने बताए ।

Sponsored

कार्यक्रममा राजदूत गोल्डबर्गरले कृषि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापन जस्ता आवश्यक विषयहरूमा ल्याउन सकिने नयाँ प्रयोगको बारेमा चर्चा गरेका थिए । सो अवसरमा उनले जानकी मेडिकल कलेजका निर्देशक डाक्टर रामप्रसाद उप्रेतीले लेख्नुभएको प्राथमिक उपचार सम्बन्धी किताबको विमोचन समेत गरेका थिए ।

राजदूत हननले कलेज हाताभित्र निर्माणधीन अवस्थामा रहेको अस्पताल भवनको अनावरण गरेका थिए । कलेजका सञ्चालक, प्रधानाध्यापक, प्रध्यापक तथा विद्यार्थीको खुलेर प्रशंसा गर्दै उनले अगामी दिनमा कलेज तथा अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्इक्त गरे । प्रचुर सम्भावना बोकेको नेपाल आफूलाई निकै मन परेको उनको भनाइ थियो । राजदूत हननले नेपाल सरकारले शिक्षा, स्वास्थ्य, कृषिजस्ता विषयलाई प्राथमिकतामा राखेर विकास निर्माणका काममा अगाडी बढनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जानकी मेडिकल कलेजका निर्देशक रामप्रसाद उप्रेतिले कलेजस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आएका यस कलेजले आउने दिनमा दक्ष चिकित्सक उत्पादन गर्ने र नेपालकै सुविधा सम्पन्न अस्पताल बनाउने बताए । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलगायत कलेजका विद्यार्थीहरुको उपस्थिति थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *