सप्तरी र सिराहाबाट ७० किलो गाँजा बरामद
टुडेपाटी–
काठमाडौं, पुस १० गते ।
प्रदेश २ को विभिन्न जिल्लाबाट सशस्त्र प्रहरीले ७० किलोग्राम गाँजा बरामद गरेको छ ।
सिराहाको औरही गाउँपालिका–१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–११ बाट शुक्रबार ४० किलो गाँजा बरामद गरिएको हो ।
भारत लैजाँदै गरेको अवस्थामा ३० किलो गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो ।
सप्तरीमा भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको गरेको हो ।
Sponsored