काँग्रेस प्रदेश २ अधिवेशन : सदस्य पदको मतगणना जारी
टुडेपाटी-
जनकपुरधाम, पुस १० गते ।
नेपाली कांग्रेस प्रदेश २ को सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत प्राप्त गरेका छन् ।
सहमहामन्त्रीमा जयनारायण यादव ८७९ र परशुराम चौधरीले ८२२ मत ल्याएर निर्वाचित भएका छन् भने उनीहरुका निकटम प्रतिस्पर्धी विनोद कुमार यादव ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादव ८८९ मत ल्याएर विजयी भएका छिन् छ भने उनकी निकटतम प्रतिद्वन्द्वी भिमादवी शर्माले ५३२ मत प्राप्त गरेकी छन् ।
Sponsored
यसअघि शुक्रबार नै नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेका छन् । यादव ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका थिए भने निकटम प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका थिए ।
प्रदेश समितिका सदस्य पदको मतगणना भइरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए । रासस