सिद्धार्थ बैँक प्रदेश २ मा एक एक्सटेन्सन काउन्टर सहित २५ शाखा मार्फत सेवा प्रवाह गर्दै
टुडेपाटी-
जनकपुरधाम, पुस ९ गते ।
सिद्धार्थ वैंक लिमिटेडको आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बैंकको वार्षिकोत्सव अवसरमा शुक्रबार राम मन्दिर क्षेत्रमा सरसफाई गरेका छन् भने रक्तदान कार्यक्रम समेत गरेका छन् ।
रक्तदान कार्यक्रममा करिब पाँच दर्जन व्यक्तिले रक्तदान गरेको सिद्धार्थ बैंक जनकपुर शाखाका प्रबन्धक अर्ण बहादुर वलमपाकीले जानकारी दिए ।
सिद्धार्थ बैँकले प्रदेश २ को आठ वटै जिल्लामा २४ वटै शाखा र १ वटा एक्सटेन्सन काउन्टर गरी २५ वटा शाखा मार्फत जनतालाई विभिन्न प्रकारका सेवा प्रदान गरिरहेको बैंकका प्रदेश नंं २ को प्रदेश उप कार्यालयका प्रमुख हरिप्रसाद तिम्सिनाले बताए ।
सिद्धार्थ बैंकको प्रदेश २ मा १२ अर्ब रुपैयाँ डिपोजिट छ भने २७ अर्ब रुपैयाँ ऋण प्रवाह भएको जनाएको छ । प्रदेश भरमा १ लाख ५० हजार ग्राहक संख्या रहेको प्रमुख तिम्सिनाले बताए । सात वटै प्रदेश मध्ये आर्थिक कारोबारको दृष्टिकोणले बागमति पछि प्रदेश नम्बर २ नै रहेको उनले दावी समेत गरे ।
Sponsored
धनुषामा मात्र जनकपुरधाममा तीन वटा शाखा छ भने जिल्लामा थप एक शाखा गरी कूल चार वटा बैंकको शाखा मार्फत आर्थिक कारोबार हुँदै आएको छ ।