TodayPati

आज प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

टुडेपाटी–
जनकपुरधाम, पुस ८ गते ।

प्रदेश २ को प्रदेशसभा बैठक बस्न लागेको छ । आज दिउँसो १ बजे प्रदेशसभाको आठौ अधिवेशनको दोस्रो बैठक बोलाइएको हो ।

आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण सम्बन्धमा ६ वटा प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । त्यस्तै स्थायी राजधानी तोक्ने विषयमा छलफल हुने प्रदेशसभाका सचिव रंजित कुमार यादवले जानकारी दिए ।

Sponsored

त्यस्तै पछिल्लो बैठकमा पेश भएको अध्यादेशमाथि छलफलको कार्यसूची रहेको छ भने त्यसको विरुद्धमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ अस्विकार गर्ने प्रस्ताव पेश गर्नेछन् ।

यता नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज मतदान भइरहेका कारण प्रदेशसभा बैठक प्रभावित हुने आकलन गरिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *