कांग्रेस प्रदेश २ निर्वाचनमा मतदान गरेपछि दुवै सभापति उम्मेदवारका दावी ‘हामी राम्रो मार्जिनले जित्दैछौँ’
टुडेपाटी–
जनकपुरधाम, पुस ८ गते ।
नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन सुरु भएको छ । निर्वाचनमा मत खसाएपछि दुवै सभापति उम्मेदवारले आफुहरुको जित पक्का रहेको दावी गरेका छन् ।
बिहिवार मतदान गरेपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै दुवै उम्मेदवारले आफुहरु राम्रो मतान्तरले जित हासिल गर्ने दावी गरेका छन् ।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समुहबाट उम्मेदवार बनेका रौतहट सभापति कृष्ण यादवले शतप्रतिशत आफु नै जित्ने बताए ।
उनले मतदाताहरुको माया, ममता, स्नेह तथा विगतमा गरेका र भोली गर्ने कामको आधारमा मतदाताहरु आफुलाई नै मत दिने दावी गरे । उनले पहिलो प्रदेश अधिवेशनमा मतदाताहरु उत्साहित रहेको र उत्साहपूर्वक मतदान गरिरहेको बताए ।
यस्तै निधी–कोइराला समुहबाट सभापतिमा उम्मेदवारी दिएका रामसोज यादवले प्रदेश २ का मतदाता आफ्नो पक्षमा रहेको दावी गरे ।
Sponsored
उनले प्रदेशका मतदातासँग फोनमा कुरा गर्दा भेटेर पनि कुरा गर्दा तिनीहरु आफ्नो पक्षमै रहेको बताए । उनले राम्रै मार्जिनले आफु सभापतिमा जितने दावी गरे ।