TodayPati

प्रदेश २ : ब्राउन सुगर सहित दुई भारतीय नागरिक पक्राउ

टुडेपाटी–
जनकपुरधाम, पुस ७ ।

लागुऔषध ब्राउन सुगर सहित सप्तरीबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल भिमनगर ग्राम पञ्चायत वडा नं. ४ का ३१ वर्षीय गोलु भन्ने रतन शर्मा र ३५ वर्षीय जय प्रकाश पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Sponsored

दुबैजनालाई सप्तरीको कंचनरुप नगरपालिका–२ स्थित पुर्व पश्चिम लोकमार्गबाट पक्राउ गरिएको हो । दुबैजनाको साथबाट खैरो हिरोईन (ब्राउन सुगर) २२ ग्राम र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *