कांग्रेसको प्रदेश २ अधिवेशन स्थलमा निधि र देउवा पक्षबीच झडप
टुडेपाटी–
जनकपुरधाम, पुुस ७ गते ।
नेपाली काँग्रेसको जनकपुरमा जारी अधिवेशनमा झडप भएको छ ।
निधि पक्षका रामसरोज यादव पक्षले भोलि र देउवा पक्षले आजै राति नै मतदान गराउनु पर्ने भन्ने माग गरिरहेको बेला झडप भएको हो ।
अहिले मतदान स्थलको अवस्था तनावग्रस्त बनेको छ ।
दिउँसो १ बजेबाट मतदान गर्ने निर्वाचन समितिले भनेपनि अहिलेसम्म सुरु हुन सकेको छैन ।
Sponsored