सप्तरीमा माछाको चारो हाल्न गएका पुरुषको पोखरीमा डुबेर मृत्यु
टुडेपाटी–
जनकपुरधाम, पुस ६ गते ।
सप्तरीमा पोखरीमा माछाको चारो हाल्न गएका पुरुषको डुबेर मृत्यु भएको छ । अग्निसाईर कृष्ण सवरण गाउँपालिका वडा नं. २ ईटहर्वाका ५२ वर्षीय बाबु नन्द चौधरीको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सोमबार साँझ करिब ५ बजे आफ्नो निजी पोखरीमा माछाको चारो हाल्न गएका चौधरी घर नफर्केपछि आफन्तजनहरुले सोही दिन देखि खोज्दै गर्दा आज विहान करिब साढे ८ बजे उनको चप्पल पोखरीको डिलमा फेला परेको थियो ।
चप्पल फेला परेकाले स्थानियहरुले पोखरीको पानीमा जाल लगाई खोजतलास गर्दा चौधरीको शव फेला परेको खबर स्थानियहरुले प्रहरीलाई दिएो जिप्रका सप्तरीले जनाएको छ ।
शवको कानुन बमोजिम मुचुल्का गरी पोस्टमार्टम भएपश्चात थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored