कांग्रेसको मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको ‘क्लिन स्विप’
टुडेपाटी–
काठमाडौं, पुस ६ गते ।
नेपाली काँग्रेसको ‘मधेसी महिला’तर्फ केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको वर्चश्व रहेको छ ।
मंगलबार आएको मत परिणामअनुसार देउवा तर्फबाट रहेका चारजना महिलाले जित हासिल गरेकी छन् ।
देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् ।
यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।
Sponsored