मधेशी कोटामा कांग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित
टुडेपाटी–
काठमाडौं, पुस ६ गते ।
नेपाली कांग्रेसको मधेशी कोटाबाट केन्द्रीय सदस्य पदमा उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन् ।
मंगलबार आएको मतपरिणामअनुसार चौधरीले २२०६ मत ल्याएका छन् ।
त्यस्तै अजय चौरसिया २५२२ मत रर चन्द्रमोहन यादवले २१३८ मत ल्याएर निर्वाचित भएका हुन् ।
महेन्द्रकुमार रायले १९८४ र दिनेशकुमार यादव १९५९ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
निर्वाचितहरुमध्ये चार जना शेरबहादुर देउवा र चन्द्रमोहन शेखर कोइराला पक्षका मानिन्छन् ।
Sponsored
चन्द्रमोहन पूर्वराष्ट्रपति रामबरण यादवका छोरा हुन्।
कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना गरेपछि समावेशी समूहतर्फको मतगणना गरिरहेको छ।