TodayPati

चिट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे सहायक क्याम्पस प्रमुख, लगाइयो सात टाँका

टुडेपाटी–
काठमाडौं, पुस ६ गते ।

परीक्षामा चिट चोरी गर्न नदिएको भन्दै विद्यार्थीले शिक्षकलाई कुटेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेका छन् ।

चिट चोरिरहेको फेला पारेपछि विद्यार्थी कुवेर जेठारालाई गार्ड बसेका शिक्षकले परीक्षा हलबाट बाहिर निकालेका थिए ।

Sponsored

परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए ।

विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल गरिएको थियो। सोही बेला विवाद हुँदा विद्यार्थी जेठाराले सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनीमाथि कुटपिट गरेका छन् । पुडासैनी नै आफैं परीक्षामा गार्ड बसेका थिए।

विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शी एक शिक्षकले बताए।

Sponsored

घाइते भएका शिक्षकको मोडल अस्पताल उपचार भइरहेको छ जहाँ उनको टाउकोमा सात वटा टाँका लगाइएको छ।

विवादपछि परीक्षा स्थगित गरिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *