भारतमा नेपाल मजदुर चढेको बस पल्टिदा एक बालकको मृत्यु, पाँच मजदुर घाइते
टुडेपाटी
जनकपुरधाम, पुस ३ गते ।
भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस पल्टिदा एक बालकको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।
भ्रमणमा गएका ५६ जना नेपाली मजदुर सबार भारतीय यूपी०३३०पी१३७५ नम्बरको बस भारतको लखीमपुर खेरी जिल्लाको पालियामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइते पाँच जना खतरामुक्त छन्। उनीहरु भारतमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Sponsored