TodayPati

यी ६७ देशबाट नेपल प्रवेश गर्नेलाई ७ दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने

टुडेपाटी-
जनकपुरधाम, पुस ३ गते ।

अफ्रिकन मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमण रोक्न नेपाल सरकारले कडाइ थालेको छ ।

नेपाल सरकारले ओमिक्रोन फैलिएको ६७ वटा देशबाट नेपाल छिर्नेलाई ७ दिन अनिवार्य आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्ने नियम लगाएको छ ।

Sponsored

स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ ।

मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भन्दै विभागले शुक्रबार एक सूचना जारी गरेको छ ।

ती देशबाट आएका यात्रुले आरटी(पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने जारी गरेको सूचनामा उल्लेख छ ।

Sponsored

पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *