TodayPati

माओवादी केन्द्र प्रदेश २ को बन्द सत्र आज

टुडेपाटी-
जनकपुरधाम, पुस ३ गते ।

नेकपा माओवादी केन्द्रले प्रदेश २ को नेतृत्व चयनका लागि आज बन्द सत्र गर्दै छ।

आज शनिबार सर्लाहीको लालबन्दीमा बिहान ११ बजेदेखि बन्द सत्र सुरु गर्ने माओवादी केन्द्रले जनाएको छ ।

Sponsored

गएको २५ मंसिरमा जनकपुरमा प्रथम अधिवेशनको उद्घाटन सत्र गरेको थियो ।

बन्द सत्रले नौ पदाधिकारीसहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय सम्मेलन प्रतिनिधि चयन गर्ने माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिए।

प्रदेशका सबै स्थानीय तहमा नेतृत्व चयन गरेपछि प्रदेशको नेतृत्व चयन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ। बन्द सत्रबाट सकेसम्म सहमतीमै प्रदेश समिति चयन गर्ने प्रयास भइरहेको माओवादी केन्द्र प्रदेश २ का संयोजक गणेश साहले जानकारी दिए।

Sponsored

बन्द सत्रमा ७३५ प्रतिनिधि, ८४ जना मनोनित प्रतिनिधि र २१ जना केन्द्रीय सदस्यसहितका १ सय ८ जनाको आयोजक समिति बन्द सत्रमा सहभागी हुने छ। बन्द सत्रले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, १ कोषाध्यक्ष र बाँकी सदस्य चयन गर्ने जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *