TodayPati

कछुवा गतिमा प्रदेश २ को बजेट खर्च, चार महिनामा २ प्रतिशत !

टुडेपाटी–
जनकपुरधाम, मंसिर २५ गते ।

प्रदेश २ सरकारले कछुवा गतिमा आफ्नो बजेट खर्च गरिरहेको छ ।

असारमा एकै दिनमा करोडौँ बजेट खर्च गर्ने प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिनामा २ प्रतिशत मात्र पुँजिगत बजेट खर्च गर्न सकेको छ । भने कुल १० प्रतिशत बजेट खर्च भएको छ ।

Sponsored

प्रदेशका आर्थिक मन्त्री शैलेन्द्र साहका अनुसार चार महिनामा चालूतर्फ ८ प्रतिशत र पूँजिगततर्फ २ प्रतिशत बजेट खर्च भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, सप्तरीको तेस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री साहले बजेट कम खर्च भएको सन्दर्भमा सचिवसँग बुझ्दा कर्मचारीको अभाव देखाइएको बताए ।

कतै हाकिम नभएर त कतै लेखाका कर्मचारी नहुदा बजेट खर्च हुन नसकेको सचिवले सुनाए ।

Sponsored

कर्मचारी अभावकै कारण बजेट खर्च गर्न नसकिएको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *