भ्रष्टाचारविरुद्ध मिर्चैयामा जनमतको प्रदर्शन, नगरपालिकाद्वारा बिथोल्ने प्रयास
टुडेपाटी-
सिरहा, मंसिर २५ गते ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको मिर्चैयामा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।
नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै सो पार्टीले विरोध प्रदर्शन गरेको हो ।
सयौंको संख्यामा आएका नेता कार्यकर्ताले भ्रष्टाचारी मेयर मुदार्बाद, अख्तियार होसियार लगायतका नारासहित मिर्चैयाको विभिन्न भागमा परिक्रमा गरी प्रदर्शन गरे ।
नगरपालिकाका मेयर श्रवण कुमार यादव भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनीहरुको आरोप छ ।
नगरपालिकामा मनपर्दी भ्रष्टाचार भइरहे पनि अख्तियार सेटिंङमा चुप लागेर बसिरहेको भन्दै छानविन र कारवाही नभए जनमत पार्टीले जनकारवाही गर्ने चेतावनी उनीहरुले दिए ।
Sponsored
यता, उनीहरुले प्रदर्शन सकाएर नगरपालिका अगाडि कोणसभा गरिरहँदा कार्यक्रम बिथोल्ने प्रयास पनि भएको छ ।
कोणसभा चलिरहेकै बेला कार्यक्रम स्थलमा नगरपालिकाको एक्साभेटर राखेर कार्यक्रम बिथोल्ने प्रयास भयो ।
त्यसपछि जनमत पार्टीका नेता कार्यकर्ता र नगरपालिकाका कर्मचारीसहित उनीहरुसँग भएका मान्छेहरुबीच केहिबेर घम्साघम्सी नै भएको थियो ।