TodayPati

विवाहपञ्चमी मेला हेरेर घर फर्किरहेका तीर्थालुमाथि महोत्तरीमा छुरा प्रहार, अवस्था गम्भीर

टुडेपाटी-
महोत्तरी, मंसिर २३ गते ।

महोत्तरीमा छुरा प्रहारबाट एकजना तीर्थालु गम्भीर घाइते भएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी ३० वर्षिय बलराम रायमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।

Sponsored

जनकपुरमा आयोजित सीताराम विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा बुधवार राति रायमाथि लोहारपटटी नगरपालिका २ मध्यपुरा स्थित विग्ही पुलमा अज्ञात ब्यक्तिले छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते यादवको उपचारको लागि तत्कालै जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएको थियो ।

यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित टिचिंग अस्पताल काठमाडौं लगिएको छ ।

Sponsored

अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा रायको पेट चिरिएको हो । हाल उनको अवस्था गम्भीर रहेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले बताए ।

रायमाथि छुरा कसले किन प्रहार गरेको भन्ने खुलेको छैन । घटना विषयमा अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *