TodayPati

कांग्रेसको केन्द्रीय महाधिवेशनमा महोत्तरी क्षेत्र ३ का प्रतिनिधि भाग लिन नपाउने

टुडेपाटी–
काठमाडौँ, मंसिर २३ गते ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महोत्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधि भाग नलिने भएका छन् ।

शुक्रवारबाट सुरु हुन लागेको कांग्रेसको केन्द्रीय अधिवेशनमा देशभरका १६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिले भाग लिने भनिए पनि १६४ निर्वाचन क्षेत्रका प्रतिनिधिले मात्रै केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने भएका छन् ।

Sponsored

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अझै क्षेत्रीय अधिवेशन हुन नसकेपछि यहाँका प्रतिनिधि भाग लिन नपाउने भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले ‘महोत्तरी निर्वाचन क्षेत्र ३ का प्रतिनिधिले केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने अवस्था रहेको बताए ।

आज रातिभरमा सहमति गरेर केन्द्रमा विवरण उपलब्ध गराइए मात्र प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुन पाउने उनले भने ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *