माओवादीको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने
टुडेपाटी–
काठमाडौं, मंसिर २३ गते ।
नेकपा माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी हुने भएको छ ।
बिहीबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको हो । माओवादी केन्द्रको प्रदेश समितिमा अब अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् ।
बैठकले प्रदेश समितिको आकार पनि बढाएको छ । प्रवक्ता कृष्णबहादुर महराका अनुसार अब प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्नेछ ।
बैठकले पम्फा भुसालको नेतृत्वमा महिला विभाग बनाएको छ भने पार्टी प्रवेश गर्न चाहनेहरुसँग वार्ता गर्न समिति बनाइएको छ । जसमा देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेका छन् ।
Sponsored