TodayPati

प्रदेश २ मा ३० प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

टुडेपाटी–
जनकपुरधाम, मंसिर २२ गते ।

प्रदेश २ मा लक्ष्य अनुरुप खोप अभियान प्रभावकारी हुन सकेको छैन् ।

यस प्रदेशमा हालसम्म ३० प्रतिशत व्यक्तिले मात्र पूर्ण खोप लगाउन सकेका छन् । नेपाल सरकारले अगामी पुससम्म ६६ प्रतिशत र चैत मसान्तसम्म नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ।

Sponsored

स्वास्थ्य निर्देशनालय प्रदेश २ को तथ्यांक अनुसार २० मंसिर सम्ममा ८ वटै जिल्लामा अहिलेसम्म ३० दशमलव ४३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत नागरिकले मात्रै कोभिड–१९ विरुद्धको पूर्ण खोप लिएका छन् ।

त्यसैगरि सर्लाहीमा सबैंभन्दा बढी ३४ दशमलव ५४, रौटहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशत नागरिकले मात्रै पूर्ण खोप लिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *