TodayPati

विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न

टुडेपाटी–
जनकपुरधाम, मंसिर २० गते ।

विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव विधि सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिरमा एक सातासम्म मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत सोमबार राम मन्दिरको प्राङ्गनमा तिलकोत्सव विधि सम्पन्न गरिएको हो ।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए ।

Sponsored

विवाहपञ्चमी कार्यक्रम अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित रहेको राम मन्दिरका महन्त राम गिरीले अंकमाल गरेका छन् । जसलाई मिथिला क्षेत्रमा ‘सम्धी’ मिलन भनिन्छ । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हासपरिहासका कार्यक्रम भएको थियो ।

तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट फलफूल, मिष्ठान लिएर श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणमा आइ तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए ।

तिलकोत्सवमा दुलही पक्षका प्रतिनिधित्व गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए ।

Sponsored

अब विवाहपञ्चमीको पाँचौ दिन मंगलबार जानकीको मटकोर हुनेछ । बुधवार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ । बिहिवार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *