टिपरको ठक्करबाट बुवा छोराको मृत्यु
टुडेपाटी–
काठमाडौँ, मंसिर २० गते ।
टिपरको ठक्करबाट प्यूठानमा बुवा र छोराको मृत्यु भएको छ । सोमबार दिउँसो अटोलाई टिपरले ठक्कर दिँदा अटोमा सवार वुवा छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्यूठान नगरपालिका वडा नं. ३ घुर्चनेका ३५ वर्षिय अमृत थापा र उनका ४ वर्षीय छोरा सुशान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार अन्य चार जना घाइते छन् । उनीहरुको उपचार जिल्ला अस्पताल बिजुवारमा भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sponsored