माघ २ र ३ गते कक्षा १२ को ग्रेडवृद्धि परीक्षा हुने
टुडेपाटी–
काठमाडौं, मंसिर १९ गते ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । शुक्रवार बोर्डले सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका हुन् ।
बोर्डले एक सूचना जारी गर्दै अन्य सबै विषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई वा ती मध्ये कुनै एक विषयमा ग्रेड वृद्घि परीक्षा दिनसक्ने जनाएको छ ।
परीक्षा दिउँसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन गर्ने भएको छ । रजिष्ट्रेसन नम्बरको सुरुको दुई अंक ७७ भएका र बोर्डको मापदण्ड पूरा गरेका परीक्षार्थीहरुलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्थासहित ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ।
परीक्षामा सहभागि हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आगामी पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । दोब्बर शुल्कसहित पुस २२ गते सम्ममा फारम विद्यालयमा बुझाउनु पर्ने बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
Sponsored