निर्माणाधीन जनकपुर-ढल्केबर सिक्सलेन सडकमा विजुलीको पोल बीचमै छाडेर कालोपत्रे
टुडेपाटी-
जनकपुरधाम, मंसिर १८ गते ।
ढल्केबर जनकपुर जटही सिक्सलेन सडक निर्माणमा ठेकेदारको चरम लापरवाही देखिएको छ ।
रामानन्दचोक जिरोमाइलको बीचमा भ्रमरपुराचोक नजिक सडककै बीचमा विजुलीको पोल छाडेर कालोपत्रे गर्न थालिएिको हो ।
सडक स्तरोन्नति भएर सिक्सलेन बन्न थालेपछि अस्वभाविक रुपमा सवारीसाधनको गतिसंगै चाप बढ्न थालेको छ ।
यस्तो अवस्थामा विजुलीको पोल बीचमै छाडेर कालोपत्रे गरेपछि जुनसुकै बेला दुर्घटना भएर ठूलो जनधनको क्षति हुने स्थानीयको गुनासो छ ।
जनपुरका सञ्चारकर्मी समेत रहेका ब्रह्मानन्द ठाकुरले आफ्नो फेसबुकमा तस्बिर पोस्टिदै सम्बन्धीत निकायको ध्यानाकर्षण होस् भन्ने लेखेका छन् ।
Sponsored