TodayPati

मिथिला नगरपालिका माओवादी केन्द्रको अध्यक्षमा रामकुमार महतो

टुडेपाटी-
जनकपुरधाम, मंसिर १८ गते ।

धनुषाका मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्रको अध्यक्षमा रामकुमार महतो चयन भएका छन् ।

शनिबार ढल्केवरमा सम्पन्न माओवादी केन्द्रको नगर अधिवेशनबाट महतोको अध्यक्षतामा ६५ सदस्य नगर कार्यसमिति सर्वसहमतिबाट चयन गरिएको हो ।

Sponsored

नगरसमितिको उपाध्यक्षमा उपाध्यक्ष भुपाल बराल, दिनेश मण्डल र सुरेश महतो चयन भएका हुन् ।

यस्तै सचिवमा नन्द शिलवाल, सहसचिवमा नरबहादुर कार्की, कोषाध्यक्षमा गंगा बलम्पाकी रहेको जनाइएको छ ।

यस्तै सदस्यहरुमा देवनारायण महतो, रामुकमार सुन्दास, शिव घिमिरे, रमेश श्रेष्ठ लगायत ६५ सदस्य छन् ।

Sponsored

नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा पूर्व उद्योगमन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगर अधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथिको रुपमा माओवादी नेतृ तथा संघीय सरकारका शिक्षा तथा विज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव, एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश २ का उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री सत्रुधन महतोको विशेष उपस्थिति थियो भने अतिथिमा माओवादी केन्द्रका धनुषा जिल्ला अध्यक्ष दीपक यादव, वाइसिएल प्रदेश २ का इन्चार्ज शंकर महतो, नेतृ तारा महतो लगायतको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *