TodayPati

राजविराज जेसीजद्वारा दलित छात्रछात्राहरूलाई पाठ्यपुस्तक सामग्री सहयोग

शुभ नारायण यादव
सप्तरी, मंसिर १७ गते ।

सप्तरीमा राजविराज जेसीजले जेसीज सप्ताह २०२१ अन्तर्गत दलित वस्तीमा पाठ्यपुस्तक सामग्री वितरण गरेको छ । जेसीज सप्ताहको चौथौ दिन राजविराज नगरपालिका वडा नं. ९ विहारपुरका दलित वस्तीका सरकारी विद्यालयमा पठनपाठन गरिरहेका ४५ जना छात्र तथा छात्राहरूलाई पाठ्यपुस्तक सामग्री वितरण गरिएको हो ।

जेसिज सप्ताहको अवसरमा आयोजना गरिएको कार्यक्रममा राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेड, कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिस दास र रन्जना चौधरी, उपाध्यक्षद्वय पंकज देव र रवि राय तथा च्याप्टर एडिटर विप्लव आनन्द सहभागि रहेको थिए भने स्थानीय व्यवसायी तथा समाजसेवी मो. जालम खान लगायत सम्पूर्ण टोलवासीले कार्यक्रम सफल बनाउन आफ्नो योगदान दिएका थिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप बल मिल्ने अभिव्यक्ति जेसीज अध्यक्ष सिद्धार्थले राखेका थिए ।

Sponsored

कार्यक्रम समाप्तिपछि त्यहाँ उपस्थित रहेका महिलाहरूलाई राजविराज जेसीजकै तर्फबाट एक एक थान स्यानिटरी प्याड वितरण गरिएको थियो । महिलाहरूलाई स्यानिटरी प्याडको उपयोगिताको बारेमा जेसीजकी कार्यकारी उपाध्यक्ष रन्जना चौधरीले बताएकी थिइन् । जेसीज सप्ताहको पाचौँ दिन भोली राजविराज जेसीज भवनमा पंकज देवको संयोजनमा ुएडभान्स योगा शिविरु सञ्चालन गरिनेछ ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *